राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु
दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो ।
प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो ।
कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आवश्यक पर्ने भएका कारण प्रतिष्ठानले प्लान्ट निर्माण गरेको जनाएको छ ।
कोरोनाका धेरैजसाे गम्भीर बिरामीलाई अक्सिजन आवश्यक पर्ने हुँदा पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानकी उपकुलपति प्रा. डा. भण्डारीले जानकारी दिनुभयो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..