Friday 19th April 2024

तमू समाज कुवेतको पहलमा मुना कार्की लाई(6युनिटA-ब्लड)उपलब्ध।

3 years अगाडी

 

“रगतदान जीबनदान” नेपाल काठमाडौ बसुन्धरा घर भइ हाल अलकुवेत  कम्पनीमा कार्यरत (मुना कार्की) बिमारी हुनु भइ उपचारका लागि कुवेतको(Amri Hospitls)मा भर्ना हुनु भएकी मुना पहिले पनि २ पल्ट अस्पतला भर्ना भएकी थिन तर मुना लाई blood उपल्बद गराउन भने सकिएको थिएन। मुना कार्की लाई उपचारको क्रममा मुटुको बल्ब शल्यक्रिया गर्नुपर्ने अवस्था आएकोले डाक्टरद्वारा तुरुन्तै A पोजिटिभ रगत (6) युनिट उपलब्ध गराउनु भनि बिमारी लाई खबर गरे |पस्चात,बिरामी आफै साथै उहाका साथी भाई तथा आफन्तहरु लाई अत्तालिदै यताउति रगतको हारगुहार गरिरहको बेला नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष (सुन ब.तामांङ) संग संपर्क भयो सपर्क पस्चात अध्यक्ष तामांङले तमू समाज को पुर्ब अध्यक्ष बर्तामान सल्लाहकार खोप गुरुङ लाई खबर गर्नु भयो खबर गरेपछि खोप गुरुङले उक्त समस्या बुझि तुरुन्तै सेन्टर ब्लड बैंक कुवेत सँग समन्वय गरि माग भए बमोजिमको रगत उपलब्ध गराउनु भयको  थियो। उपलब्ध रगत पस्चात उहाँको(Amri Hospitls )मा शल्यक्रिया सफल भएको समाजसेवी खोप गुरुङ र अध्यक्ष तामांङले जानकारी दिनु भएको छ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो,यो भन्दा पहिले पनि समाजको पहलमा (16) जना भन्दा बढी लाई ब्लड उपलब्ध गराइ सकेको खोप गुरुङले जानकारी दियका  थिय । सम्पूर्ण रक्तदाताहरु सँग उन्को रगतको नाता गासिएको छ भलै चिनजान नै किन नहोस् ।अन्तमा सम्पूर्ण स्वयंसेवी रक्तदाताहरु तमू समाज कुबेतपरिवार र ब्लड उपलब्ध गराउन हुने समाजका सल्ल्हाकार खोप गुरुङ र नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुन ब.तामांङ लाई मुना कार्कीको शल्यक्रिया सफल भएपछी बिशेष धन्यवाद ज्ञापन गर्नु भएको छ।

सम्पूर्ण स्वंयसेवी रक्त दाताहरुलाई हार्दिकताका साथ धन्यवाद दिन चाहन्छौ जस्ले हाम्रो अभियानमा साथ दिदै आफ्नो अमुल्य रक्तदान गर्नु भएको थियो। प्रबासमा तपाईं हामीले गरेको ‘रक्त दान’ आवश्यक पर्दा तपाइ हामीलाई नै उपयोगी बनेर जीवन रक्षा गर्न सहयोग गरिरहेको जानकारी पनि गराउन चाहन्छौ। मरभुमिको यो प्रबासमा बिसेष गरी कुनै पनि नेपालीहरुले रगतको अभावमा मृत्‍यु वरण गर्न नपरोस भन्ने हाम्रो चाहना एवं प्रयास हो । तमू समाज सल्ल्हाकार खोप गुरुङ बताउछन।

          July 29, 2021 11:17 am | समाचार,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...