

कोरोना विरुद्धकाे खोप लगाएकालाई आजदेखि कुवेतमा प्रवेश खुला

काठमाण्डौ – कोरोना विरुद्धको खोप लगाएका विदेशी नागरिकलाई कुवेतले आजदेखि प्रवेश खुला गरेकाे छ । कुवेतका विमानस्थलहरुलाई त्यहाँको सरकारले खोपको पूर्ण मात्रा लगाइसकेका यात्रुलाई प्रवेश गर्न अनुमति दिइसकेको कुवेत टाइमले जनाएको छ ।
कुवेत आउन चाहने यात्रुले आफूले खोप लगाएको प्रमाणपत्र कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अपलोड गर्नुपर्ने जनाइएको छ । जहाजमा चढ्नुभन्दा ७२ घण्टा पहिलको कोरोना नेगेटिभ रिपोर्ट पनि अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै कुवेत प्रवेश गरेको सात दिनसम्म घरमै क्वरेण्टीन बस्नुपर्ने हुन्छ । तर तीन दिनमै कोरोना रिपोर्ट नेगेटिभको रिपोर्ट देखाएमा एक हप्तासम्म क्वरेण्टीन बसिरहनु नपर्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । कुवेतले पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ । फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेका खोपलाई कुवेतले मान्यता दिएको छ । यी कम्पनीकामध्ये नेपालमा जोनसन एण्ड जोनसन मात्र आएको छ, त्यो पनि निकै कम मात्रामा । उज्यालो
August 1, 2021 11:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

