लुम्बिनीमा बङ्गलादेशले बाैद्ध विहार बनाउने, ३ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता पत्रमा हस्ताक्षर
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बाैद्ध विहार बनाउने भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तयाबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र बङ्गलादेशबीच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बौद्ध विहार बनाउन लागेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीको पश्चिम क्षेत्रमा रहेको प्लट नम्बर डब्लुसीमा ८० वर्गमिटर क्षेत्रफलमा विहार बनाउने गरी बङ्गलादेशले सम्झौता गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । बङ्गलादेशले बौद्ध विहार बनाएपछि लुम्बिनीमा प्रतिनिधिमूलक विहार निर्माण गर्ने देशको संख्या १८ पुग्नेछ । साभार उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...