

बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गयो

रुपन्देही – रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा आज आइतवार प्रहरीसँगको झडपमा परेर घाइते भएकामध्ये चार जनाको ज्यान गएको हो ।
उपचारका लागि पाँच जना प्रहरीसहित १३ जनालाई ल्याएकोमा तीन जनाको अस्पताल आइपुग्दा नै ज्यान गइसकेको र थप एक जनाको उपचारका क्रममा ज्यान गएको युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमा सबै सर्वसाधारण रहेका छन् । ज्यान गुमाउनेमध्ये एक जना कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियार रहेका छन् । अरूको भने पहिचान खुलेको छैन ।
पाँच जना प्रहरी र चार जना सर्वसाधारण गरी नौ जनाको उपचार भइरहेको गुरुङले बताउनुभयो । ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ ।
अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीयवासी प्रहरीमाथि जाइ लागेका थिए । त्यही बेला झडप हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले चार किल्ला तोकेर आज दिउँसो चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । साभार उज्यालो
October 11, 2021 2:27 am | समाचार,समाज,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

