रोल्पामा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, तीन जना घाइते
4 years अगाडी
manoj Thapa
रोल्पा – रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँका लागि छुटेकाे रा १ ज ३८२ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जना पुरुष र एक जना महिलाको ज्यान गएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयाे ।
जीप दुर्घटनामा माडी–६ हान्निङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन र ४७ वर्षीया चौसरा विककाे ज्यान गएकाे छ । तीन जनाकै घटनास्थलमै ज्यान गएकाे डीएसपी सुवेदीले बताउनु भयाे ।
दुर्घटनामा माडी–६ हान्निङका २१ वर्षीया दीना घर्ती, १८ वर्षीय पुन र २१ वर्षीया कल्पना विक घाइते भएका छन् । घाइते भएका तीन जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइँदै गरिएको प्रहरीले बताएको छ। साभार उज्यालो
November 14, 2021 2:54 pm | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...