विदेशीले नेपालमा चार अर्ब २० करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा १५ अर्बभन्दा धेरै खर्चिए
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सेवा आय २३ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तीन महिनामा सेवा आय ११ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा अहिले दोब्बरभन्दा धेरैले बढेर २३ अर्ब ७९ करोड रुपैयाँ परेको हो ।
गएको साउन भदौ र असोजमा भ्रमण आय अर्थात् नेपाल आउने विदेशीले चार अर्ब २० करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको तुलनामा एक सय ८३ प्रतिशतले धेरै हो ।
यस्तै नेपालीले विदेशमा गर्ने खर्च अर्थात भ्रमण व्यय पनि एक सय ८७ प्रतिशत भन्दा धेरैले बढेको छ ।
तीन महिनामा नेपालीले १५ अर्ब २६ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये अध्ययनका लागि विदेश जानेहरूले मात्रै आठ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका राष्ट्र बैंकले जनाएको छ । साभार उज्यालो
November 17, 2021 8:10 pm | अर्थ,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...