तमू समाज कुवेतले तमू ल्होसार डिसेम्बर ३१ तारिक मनाउने।
कुबेत सिटी – कुवेतमा तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुबेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार एक भब्य कार्यक्रमको आयोजना गरी हर्सोल्लासका साथ मनाउने भएको छ ।
संसारभरी छरिएका तमू (गुरुङ)हरुले तमू ल्होछार/ल्होसार (पौष १५)लाई राष्ट्रिय तथा सास्कृतिक चाडको रुपमा मनाउने गर्दछ। यसलाई बर्षभरीको मुख्य चाडको रुपमा मनाइन्छ । पौष १५ को रात सबै भन्दा लामो हुने र यस पछीको रातहरु क्रमश छोटिदै जाने भएकोले पनि तमू (गुरुङ) समुदायमा यस चाडको बिशेष महत्व छ । तमू (गुरुङ) हरुको पारम्परिक ल्हो कोर (बर्ग चक्र) अनुसार पौष १५ का दिन पुरानो ‘ल्हो’ को समय अवधी सकिने र नयाँ अर्को ‘ल्हो’ को पालो आउने भएकोले पुरानो ‘ल्हो’ लाई बिदाइ गरी नयाँ ‘ल्हो’ लाई भब्य स्वागत गर्ने गरिन्छ, यस बर्ष ‘ल्वो ल्हो’ (गाई बर्ग) को बिदाइ र ‘तो ल्हो’ (बाघ बर्ग) को स्वागत गरिन्छ ।
यसै अवसरमा तमू समाज, कुवेतले आगामी ३१ डिसेम्बर २०२१ शुक्रबार दिन कुबेतको हिजुल कबड एरियामा मान्यजनहरुबाट आशिर्वाद ग्रहण गर्ने, शुभकामना तथा खुशीयाली आदान प्रदान गर्ने, बिबिध सास्कृतिक नृत्यहरु, झाकीहरु प्रस्तुत गर्ने र परम्परागत खेलकुदहरु खेलेर मनोरन्जन गर्दै यस बर्षको ‘तो ल्होछार/ल्होसार’ मनाउने तयारी भएको छ । सो अनुसार ‘ल्होछार मुल समिती’ र बिभिन्न उप-समितीहरु निर्माण गरी सबैमा जिम्मेवारी सुम्पिएको छ कुरा तमू समाज, कुवेतका महासचिब सुरेश गुरुङले जानकारी गराएको छ ।
November 21, 2021 3:04 am | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार