एमसीसीविरुद्ध संयुक्त विराेध प्रदर्शन
काठमाण्डाै – अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) खारेज गर्न माग गर्दै आएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मालेसहितका राजनीतिक दलले आज मङ्गलवार काठमाण्डाैमा विरोध प्रर्दशन गरेका छन् । एमसीसी संसदबाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सीपी मैनालीसहितका नेताको अगुवाइमा काठमाण्डाैमा विरोध प्रर्दशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी अनुदान नभएको दाबी गर्नुभयो । उहाँले कुनै पनि अनुदान संसदबाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताउनुभयो । महासचिव मैनालीले एमसीसीमार्फत अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नका लागि नेपाललाई अखडाकाे रूपमा प्रयोग गर्न चाहेको समेत बताउनुभयो । उहाँले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताउनुभयो ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसी नेपालीहरूका लागि एउटा धोका भएको बताउनुभयो । उहाँले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाउनुभयो । नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने दाबी गर्नुभयो । उहाँले अमेरिकाको पैसा खाएकाहरूले, आश्वासनमा विकेकाहरूले नै एमसीसी पास गर्न खोजेको आरोप लगाउनुभयो ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले संसदवादी दलमा पनि देशभक्त नेताहरू भएकाले सहजै एमसीसी पास हुन नसकेको बताउनुभयो । उहाँले केही पार्टी फुटबाट आएकाले आउँदाे चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिले जति हौसिन छोडेको बताउनुभयो ।
संयोजक दुलालले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको बताउनुभयो । साभार उज्यालो
December 21, 2021 7:03 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: