फ्रान्समा नयाँ वर्षकाे अवसरमा ८ सय ७२ वटा कार जलाइयाे
काठमाण्डाै – फ्रान्समा अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा आयाेजित कार्यक्रममा एक पटक फेरि कारहरू जलाइएकाे घटना सार्वजनिक भएकाे छ ।
यस वर्ष ८ सय ७४ वटा कार जलाइएकाे प्रहरी विभागले जानकारी दिएकाे छ । फ्रान्सकाे गृह मन्त्रालयले याे सङ्ख्या सन् २०१९ काे तुलनामा निकै कम रहेकाे बताएकाे छ । सन् २०१९ मा एक हजार तीन सय १६ वटा कार जलाइएकाे थियाे । सङ्ख्या घट्नुमा प्रहरीकाे बाक्लाे उपस्थितिलाई कारण मानिएकाे छ । सन् २०२० मा देशव्यापी लकडाउनका कारण कतै कार जलाइएकाे खबर सार्वजनिक भएकाे थिएन ।
यस पटक नयाँ वर्षकाे अवसरमा ९५ हजार सङ्ख्यामा प्रहरी तैनाथ गरिएकाे थियाे । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ३२ हजार दमकलका चालक र सुरक्षाकर्मी पनि तैनाथ गरिएकाे थियाे ।
कार जलाउनु एक सामान्य घटना
कैयाैँ देशमा जस्तै फ्रान्समा विभिन्न कारणबाट बर्सेनि कारमा आगाे लगाइन्छ, यस्ताे गर्नेमा अपराध गर्ने र झुटाे बीमा दाबी गर्नेहरू हुन्छन् ।
तर फ्रान्समा नयाँ वर्षकाे आगमनलाई चिनाउन कारमा आगाे लगाउने नयाँ तरिका बनेकाे छ । याे प्रथा सन् १९९० काे दशकमा पूर्वी फ्रान्सकाे स्ट्रासबर्ग नजिककाे क्षेत्रमा युवाहरू (विशेषगरी न्यून आय भएका) बीच सुरु भएकाे थियाे ।
सन् २००५ मा फ्रान्समा आवास परियाेजनाबाट निराश युवाहरूले यसलाई विराेधकाे आवाज पनि बनाएका थिए । त्यस बेला प्रहरीले तीन हप्ताभन्दा कम अवधिमा आठ हजार आठ सय १० वटा गाडी जलाएको गणना गरेको थियो । उज्यालो
January 2, 2022 11:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।