दर्ता नभएका सञ्चारमाध्यम बन्द हुन्छ : अध्यक्ष बस्नेत
म्याग्दी – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दर्ता नभएका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको छ । प्रेस काउन्सिलले आज (बुधवार) म्याग्दीको बेनीमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको नियमअनुसार दर्ता नभइ सञ्चालनमा रहेका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको हो ।
अध्यक्ष बस्नेतले भन्नुभयो, ‘दर्ता नभएका चाहे त्यो अनलाइन होस् वा टेलिभिजनमाथि हामीले अनुगमन गरिरहेका हुन्छौँ । प्रणालीभित्र नबसेको, पत्रकारिताको पेसा र पत्रकार आचारसंहिता बाहिर रहेर काम गर्ने सञ्चारमाध्यमलाई अनुगमन गरिरहेका छौँ । हामीलाई दिएको जिम्मेवारी र कानुनले दिएको जिम्मेवारीअनुसार काम गर्दै आएका छौँ । तर दर्ता नभएको अनलाइन तथा सञ्चारमाध्यम बन्द हुन्छ । दर्ता नगरिकन राज्यका कुनै पनि निकायलाई अटेर गरेर जथाभाबी सञ्चालन गर्न पाइन्छ ? उहाँले प्रश्न गर्नुभयो । हामीले त्यस्ता सञ्चारमाध्यमलाई बन्द गर्दै आइरहेका छौँ ।’
‘दर्ता नभएका सञ्चारमाध्यमलाई उजुरीका आधारमा नेपालभित्र प्रसारण गर्न नमिल्ने गरी, देख्न नमिल्ने गरी बन्द गर्नका लागि हामीले दूरसञ्चार प्राधिकरणमार्फत त्यो काम पनि गर्दै आइरहेका छौँ । यो जरुरी पनि छ, तर यो सधैँभरि होइन । उहाँहरू प्रक्रियामा आउनुभयाे, दर्ता भयाे, अब म यस्तो तलमाथि गर्दिनँ भनेर आचारसंहिताको पालना गर्छु भनेर प्रतिबद्धतासहित आएपछि बल्ल खुल्छ’, उहाँले थप्नुभयाे ।
अध्यक्ष बस्नेतले प्रेस जगत् राज्यको एउटा अभिन्न अङ्ग भएको बताउँदै प्रेसको दुरुपयोग गर्न नहुने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताको दुरुपयोग भएमा अन्य समस्या निस्किने भन्दै त्यसका लागि प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन आचारसंहिता चाहिने बताउनुभयो ।
सञ्चारमाध्यम जनताको प्रतिनिधि भएकाले पत्रकार र सञ्चारमाध्यमले कसैले पनि प्रश्न उठाउने गरी काम गर्न नहुनेमा अध्यक्ष बस्नेतले जोड दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रको शुद्धीकरण गर्न आवश्यक रहेको बताउँदै जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मिडिया अनुगमनकर्ता गीता कठायतले पत्रकार आचारसंहिता अनुगमन र कारबाहीको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले दिएको जानकारीअनुसार अहिलेसम्म प्रेस काउन्सिलमा सूचीकृत भएका अनलाइन तीन हजार ४१, एफएम रेडियो एक हजार एक सय ४३, नियमित रूपमा प्रकाशित भएका पत्रपत्रिकाहरू आठ सय ६२ र स्याटलाइट टेलिभिजन दुई सय २१ वटा रहेका छन् ।
यसैगरी चालु आर्थिक वर्षको पुस १६ गतेसम्म उजुरी, जनगुनासो र प्रेस काउन्सिलबाट भएको स्वअनुगमन विवरणअनुसार उजुरी एक सय तीन, स्वअनुगमन ७६ र जनगुनासो एक वटा रहेको छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग