खप्तरीबाङमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको मृत्यु !
टिकाराम भट्टराई : बुर्तिबाङ- बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ नजिकै मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका ७ राजकुट कुडुँलाका ३३ वर्षीय लिला तामाङ रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।
ढोरपाटन नगरपालिका १ बुर्तिबाङ नजिकै खप्तरीबाङको सडक खण्डमा गएराति ९ बजे तिर बडिगाड गाउँपालिकाको भिमगिठेबाट बुर्तिबाङ आउदैँ गर्दा लु–१३० प ४५५ नम्बरको मोटरसाइकल बाटोको छेउमा दुर्घटनामा परेको थियो । प्रहरीले खबर पाए लगत्तै घटना स्थलमा पुगि दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई तत्काल बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको थियो । उपचारको क्रममा राति नै तामाङको मृत्यु भएको प्रहरी निरिक्षक वन्तको भनाई छ ।
मदिरा सेवन गरि सवारी चलाएकै कारण दुर्घटना घटेको हुनसक्ने प्रहरीको भनाई छ । मृतक तामाङको साथमा सवारी चालक अनुमति पत्र लाईसेन्स समेत नरहेको उल्लेख गरिएको छ । आज बुधबार बिहानै प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोष्टमाटम गरि परिवारजनलाई बुझाईएको प्रहरीको भनाई छ ।साभार बडिगाड अनलाइन
January 6, 2022 4:00 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग