खप्तरीबाङमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको मृत्यु !
टिकाराम भट्टराई : बुर्तिबाङ- बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ नजिकै मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका ७ राजकुट कुडुँलाका ३३ वर्षीय लिला तामाङ रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।
ढोरपाटन नगरपालिका १ बुर्तिबाङ नजिकै खप्तरीबाङको सडक खण्डमा गएराति ९ बजे तिर बडिगाड गाउँपालिकाको भिमगिठेबाट बुर्तिबाङ आउदैँ गर्दा लु–१३० प ४५५ नम्बरको मोटरसाइकल बाटोको छेउमा दुर्घटनामा परेको थियो । प्रहरीले खबर पाए लगत्तै घटना स्थलमा पुगि दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई तत्काल बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको थियो । उपचारको क्रममा राति नै तामाङको मृत्यु भएको प्रहरी निरिक्षक वन्तको भनाई छ ।
मदिरा सेवन गरि सवारी चलाएकै कारण दुर्घटना घटेको हुनसक्ने प्रहरीको भनाई छ । मृतक तामाङको साथमा सवारी चालक अनुमति पत्र लाईसेन्स समेत नरहेको उल्लेख गरिएको छ । आज बुधबार बिहानै प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोष्टमाटम गरि परिवारजनलाई बुझाईएको प्रहरीको भनाई छ ।साभार बडिगाड अनलाइन
January 6, 2022 4:00 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव