ध्वनिभन्दा पाँच गुणा बढी गतिमा उड्ने क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी
उत्तर कोरियाले ध्वनिको भन्दा पाँच गुणा अर्थात् ६ हजार दुई सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ ।
हिजो बुधवार परीक्षण गरेको क्षेप्यास्त्रले सात सय किलोमिटर परको निसानामा सही रूपमा प्रहार गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । निसानामा ताक्नुअघि क्षेप्यास्त्रलाई एक सय २० किलोमिटर यताउता घुमाएको बीबीसीले जनाएको छ । यसले क्षेप्यास्त्रलाई नियन्त्रणमा राखेर निसानामा ताक्न सक्ने देखिएको छ ।
उत्तर कोरियाका शासक किम जङ–अनले सैन्य सामर्थ बढाउने प्रतिबद्धता व्यक्त गरेपछि यो पहिलो परीक्षण हो । नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपको अस्थिर सैनिक वातावरणका कारण आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताउनुभएको थियो ।
हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीनसहित थोरै देशमा उत्तर कोरिया पनि पर्छ । हाइपरसोनिक अस्त्रहरू साधरणतया ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा कम उचाइबाट आफ्नो निसानातर्फ उड्छन् । उज्यालो
January 7, 2022 1:39 am | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।