देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिए : गगन थापा
 काठमाण्डाै – सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताउनु भएको छ ।
महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताउनु भएको हो । विनायक सिद्धी कलेजले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनु भयो । महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्पसहित आफूले अवको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याउनु भयो ।
उहाँले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनु भयो ।
‘म अब १०/१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ’ महामन्त्री थापाले भन्नु भयो, ‘यसका लागि जम्मा एउटा कुरा चाहिएको छ, सकारात्मक सोच्ने तन्नेरीहरु । हाम्रा तन्नेरीहरुसँग जोश छ । जोश सँगसँगै उनीहरुको चिन्तन अब सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रब्लम’ देखाउने मानिस होइन, सोलुशन खोज्ने मानिस चाहिएको छ उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो