वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । मंसिर महिनामा मात्रै ७४ हजार भन्दा बढीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।
कोरोना महामारीपछि विदेश जाने क्रम बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । गएको असोजमा ३९ हजार ६७१ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । यो क्रम बढेर कात्तिक महिनामा श्रम स्वीकृति लिनेको संख्या ५४ हजार ९१८ पुग्यो ।
मंसिरमा पुनः श्रम स्वीकृति समेत गरि ७४ हजार ३५४ जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यीमध्ये ३४ हजार ४९७ ले पहिलोपटक श्रम स्वीकृति लिएका र बाँकी दोस्रो पटक श्रम लिएर जानेहरु रहेको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सबैभन्दा बढी रोजाइको गन्तव्य अहिले साउदी बनेको छ । मंसिरमा २४ हजार ९१५ पुरुष र ७७ महिला गरि २४ हजार ९९२ जनाले साउदीको लागि श्रम स्वीकृति लिएका छन् । साउदीपछि सबैभन्दा धेरै कतारमा गएका छन् । २३ हजार २५ पुरुष र ७५२ महिला गरि २३ हजार ७७७ जनाले कतारको रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यस्तै कतारपछि यूएई धेरैको रोजाइ गन्तव्य बनेको छ । १४ हजार १०४ पुरुष र २ हजार ५४३ महिला गरि जम्मा १६ हजार ६४७ जनाले यूएईको लागि श्रम स्वीकृति लिएका छन् ।
नेपालीहरु धेरै वैदेशिक रोजगारीमा जाने मध्ये मलेसियामा अहिले नयाँ श्रम स्वीकृति नखुलेकाले दुई वर्षदेखि त्यहाँ जाने क्रम रोकिएको छ । बिदामा घर आएका र भिसाको म्याद भएकाहरुमात्र मलेसिया जान पाउँछन् उज्यालो
January 11, 2022 12:54 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री