नेपाल टेलिकमकाे सोलुखुम्बु नेटवर्कमा समस्या, प्रयोगकर्ता मर्कामा
साेलुखुम्बु – नेपाल टेलिकमकाे सोलुखुम्बु नेटवर्कको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । दुई दिनदेखि टेलिकमको सोलुखुम्बु क्षेत्रको नेटवर्कमा समस्या आउँदा जिल्लाका सेवाग्राही मारमा परेका हुन् ।
हिजाे बुधवार बिहानदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागे पनि आवाज नबुझिने लगायतका समस्या देखिएको प्रयोगकर्ताले गुनासो गरेका छन् । जसका कारण सञ्चार सेवाबाट आफूहरू वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ ।
नेपाल टेलिकम सल्लेरी शाखाका प्रमुख महमद अकबर अलीले पत्ताले र ओखलढुङ्गाको बीचमा फाइबर तार चुँडिदा समस्या आएको बताउनुभएको छ । उहाँका अनुसार याे क्षेत्रको सडक मर्मतको क्रममा एक्स्काभेटरले टेलिकमको फाइबर चुडाउँदा नेटवर्कमा खराबी आएको हो ।
मर्मतका लागि नेपाल टेलिकम ओखलढुङ्गाबाट प्राविधिकसहितको टोली खटिसकेकाले भोलि शुक्रवारसम्ममा समस्या समाधान हुने नेपाल टेलिकम सल्लेरी सोलुखुम्बुले जनाएको छ । उज्यालो
January 13, 2022 10:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग