

कुवेतमा नेपाली युवतीमाथि बलात्कारको प्रयास, ट्याक्सी चालक ढकाल पक्राउ

काठमाडौं, माघ ५- कुवेतमा एक नेपाली युवतीमाथि बलात्कारको प्रयास भएको छ । ती युवतीमाथि नेपाली पुरुषले नै बलात्कारको प्रयास गरेका हुन् ।
सहयोग गर्ने बहानामा युवतीलाई आफ्नो कोठामा लगेर बलात्कारको प्रयास गर्ने ईटहरीका निलकण्ठ ढकाल पक्राउ परेका छन् ।
ढकाल विगत १९/२० बर्षदेखि कुवेतमा ट्याक्सी चालकको रुपमा काम गर्दै आएका छन् ।
ढकालले एक अबैधानिक रूपमा कुवेतमा काम गर्दै आएकी नेपाली महिलालाई नेपाल पठाईदिने बहानामा आफै बसेको कोठामा लगेर बलत्कारको प्रयास गरेका हुन् । ती महिला उमा देवी (गोपनियताका लागि नाम परिवर्तन) का अनुसार उनी कुवेतमा घरमा काम गर्ने कामदार-खादामाका रूपमा सन् २०१८ मा कुवेत प्रवेश गरेकी थिइन् । आफु काम गर्न आएको घरको साहुले पिडादिए पछि कुवेत आएको एक बर्षपछि सो साहुको घरबाट भागेर लुकिछिपि बाहिर काम गर्दै आएकी थिइन् ।
समयक्रम वित्दै जाँदा केही दिन पहिले उनको आमा सिकिस्त विरामी भएको खबर नेपालबाट आएपछि आफुसँग नेपाल जानका लागि आवश्यक पर्ने राहदानी नभएकोले यात्रा अनुमतिपत्रका (Travel Document) लागि उनी कुवेतस्थित नेपाली राजदुताबास पुगेकी थिइन् । सोही क्रममा यात्रा अनुमतिपत्र बनाएर नेपाली राजदूताबासबाट आफ्नो बस्ने स्थानमा फर्कने क्रममा उनी ईटहरीका ट्याक्सी चालक निलकण्ठ ढकालको ट्याक्सी चढ्न पुगिन् । बाटोमा जाँदै गर्दा ढकालले उनलाई प्रहरी कहाँ लगेर सोहि दिन बेलुका फिंगर गरेर नेपाल पठाई दिने र प्रहरीमा लगेर फिंगर गर्नका लागि अरू ४/५ जना महिलाहरू पनि रहेको भन्दै भुलाएर आफु बस्ने कोठामा लगेका थिए ।
फिंगर समेत गराएर नेपाल पठाउन २०० केडी मागेको समेत बताईन । उनलाई झुक्काएर कोठामा लगिसकेपछि ढकालले रक्सी पिउन शुरू गरेको र आफुले फिंगर गर्न कति वेला जाने भन्दा उल्टै आफुलाई पिटन थालेको, टाउको पछाडी समातेर जबरजस्ती रक्सी मुखमा हालेको, आफ्नो माथिको बस्त्र खोलेको, आफ्नो सम्बेदनशील अंग समाउने गरेको र छटीपटी र चिच्याहट गर्दा उल्टै पिट्ने गरेको बताइन् ।
ढकालले राजदूताबासलाई जानकारी गराइदिने कुरा गर्दा राजदुताबास भनेको मेरो लागि केही पनि नभएको, उल्टै म नेपाली राजदुताबास गएर राजदूतबासका कुर्ची टेबल भाँची दिन्छु, मलाई तिमीले चिनेकै छैन, कुवेतमा मेरो धेरै वास्ता छ, मैले नेपाल जान खोज्ने धेरै महिलालाई यसैगरी आफ्नो बुढी जस्तै बनाएर केही महिना आफैसँग राखेर नेपाल पठाएको भन्दै आफ्नो मोबाइलको इमो नम्बरबाट विभिन्न महिलाको तस्वीरहरू देखाउदै यी मेरो बुढी बनाएर नेपाल पठाएको, तिमी पनि मेरो बुढी बन र मसँग बस, तीन चार महिनापछि आफ्नो पनि भिसा सकिन्छ र तिमी र म सँगै नेपाल जानुपर्छ ए “कमीनी” भन्दै कुटपिट गर्दै बलत्कार गर्न खोजेको र उसको हातबाट फुत्केर बाथरुम भित्र छिरेर भित्रबाट चुकुल लगाएर आफ्नो सतित्व जोगाउन पुरै रात विताएको पिडित महिलाले रूदै हाम्रोसंचारलाई बताईन् ।
उनका अनुसार ढकालले आफु बस्ने कोठालाई विभिन्न स-साना कोठा बारेर बिभाजन गराई ती साना कोठालाई पैसा लिएर अबैध यौनजन्य क्रियाकलाप गर्दै आएका छन् ।
त्यो रात पनि ढकालको कोठामा आउने युवायुवतीको लर्को लागेको थियो । ढकालले ती नै युवायुवतीबाट प्राप्त गर्ने रकम मध्ये १० केडी आफै लिन उमालाई भनेका थिए ।
पिडित (उमा देवी) बिहान त्यहाँबाट उम्कन सफल भएपछि ढकालविरूद्ध न्यायका लागि कुवेत प्रहरीमा उजुरी दिएकी थिइन् ।
ढकाललाई कुवेत प्रहरीले पक्राउ गरेको ।
पक्राउ परेका ढकालमाथि अनुसन्धान भैरहेको श्रोतले जानकारी दिएको छ ।
पिडितले आफुलाई न्याय दिलाई दोषी ढकाललाई कारबाही गरि पाउँ भन्दै कुवेतस्थित नेपाली राजदुताबासलगाएत नेपालीको हितमा काम गर्नका लागि स्थापना भएका सम्पूर्ण संघसस्थालाई अनुरोध गरेकी छन् ।
ढकालले अवैधानिक रुपमा काम गर्दै आएका महिलाहरुलाई स्वदेश पठाउन वास्ता लगाइदिने भन्दै बिभिन्न व्यक्तिहरुबाट रकम असुल्दै आएको बुझिएको छ । साभार हाम्रो संन्चार
January 19, 2022 11:55 pm | अपराध,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

सगरमाथा आराेहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए

प्रेममा दरार’ आएपछी कुवेतमा एक महिलाको हत्या

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली

अवरोधका बीच काठमाण्डाै महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश

प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीहरूको भेटवार्ता

राप्रपा सांसद दीपक बोहराको निधन

हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी शीघ्र फछ्र्यौट गर्न निर्देशन

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको प्रेस प्रेस बिज्ञप्ती

