विश्वलाई दुई भागमा विभाजन गर्न जोगाउन चीन र अमेरिकालाई वार्ता गर्न राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चीन र अमेरिकालाई वार्ता गर्न आह्वान गर्नुभएको छ ।
राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गर्नुभएको हो ।
चीनसँग वासिङ्टनको वर्षौँ पुरानो प्रविधि विवादका विषयमा गुटेर्रेसले आफू सधैँ एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको पक्षमा रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
विश्वलाई दुई भागमा विभाजन गर्नबाट जोगिनुपर्नेमा उहाँको जोड छ । हरेक राष्ट्रको आफ्नै आर्थिक प्रणाली र नियमहरूको सेट, आफ्नै प्रभावशाली मुद्रा, आफ्नै इन्टरनेटको साथ र आफ्नै प्राविधिक रणनीति रहेको भन्दै महासचिव गुटेर्रेसले विश्वका दुई ठूला अर्थतन्त्रलाई वार्ताको माध्यमबाट व्यापार र प्रविधिमा साझा आधार खोज्न आह्वान गर्नुभएको छ ।
आफूले अमेरिका र चीन दुवैसँग गम्भीर संवाद र वार्ताको महत्त्वमा वकालत गरिरहेको उहाँको भनाइ छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी