विश्वलाई दुई भागमा विभाजन गर्न जोगाउन चीन र अमेरिकालाई वार्ता गर्न राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चीन र अमेरिकालाई वार्ता गर्न आह्वान गर्नुभएको छ ।
राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गर्नुभएको हो ।
चीनसँग वासिङ्टनको वर्षौँ पुरानो प्रविधि विवादका विषयमा गुटेर्रेसले आफू सधैँ एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको पक्षमा रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
विश्वलाई दुई भागमा विभाजन गर्नबाट जोगिनुपर्नेमा उहाँको जोड छ । हरेक राष्ट्रको आफ्नै आर्थिक प्रणाली र नियमहरूको सेट, आफ्नै प्रभावशाली मुद्रा, आफ्नै इन्टरनेटको साथ र आफ्नै प्राविधिक रणनीति रहेको भन्दै महासचिव गुटेर्रेसले विश्वका दुई ठूला अर्थतन्त्रलाई वार्ताको माध्यमबाट व्यापार र प्रविधिमा साझा आधार खोज्न आह्वान गर्नुभएको छ ।
आफूले अमेरिका र चीन दुवैसँग गम्भीर संवाद र वार्ताको महत्त्वमा वकालत गरिरहेको उहाँको भनाइ छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: