गाैतमबुद्ध क्रिकेट रङ्गशालाकाे काम प्राथमिकताका साथ अघि बढाउँछाैँ : मन्त्री गहतराज
4 years अगाडी
manoj Thapa
चितवन – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आज बिहीवार निर्माणाधीन गाैतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाकाे अवलाेकन गर्नुभएकाे छ ।

रङ्गशाला सम्बन्धमा भरतपुर महानगरपालिकाद्वारा आयाेजित अन्तरक्रिया कार्यक्रमकाे अवसरमा मन्त्रीसहित मन्त्रालयकाे टाेली र वाग्मती प्रदेशका मन्त्रीललगायतले अवलाेकन गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले रोकिएको रङ्गशाला निर्माणको कामलाई सरकारको तर्फबाट जति सक्दो छिटो प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
यसअघि धुर्मुस-सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र देश तथा विदेशबाट पनि सहयोग नपाएकाे भन्दै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । त्यसपछि महानगरकी मेयर रेणु दाहालले स्वामित्व लिने प्रतिबद्धता जनाउनुभएकाे थियाे । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने
Loading...