५ हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाङ्कन गरेर विश्व कीर्तिमान
साेलुखुम्बु – पाँच हजार मिटरभन्दा बढीको उचाइमा अक्सिजन अभावले बोल्नसमेत समस्या हुन्छ । थोरै हिँड्दा र अलि ठूलो स्वरमा बोल्दा पनि धेरैलाई स्वाशप्रस्वाशमा समस्या हुन सक्छ । यस्तै समस्याका बीच पाँच हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर पाँच नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन् ।
पत्रकारिता र कलाकारितामा रहेका युवाहरूले गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्डले स्वीकृत गरेर गिनिज बुकमा रेकर्ड दर्ता गराएको छ । सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो) मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको हो ।
‘सुन्दर हिमाल’ बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे) ले लेख्नुभएको हो भने गीतमा डिआर अटुको सङ्गीत र टेक नाछिरिङको स्वर रहेको छ । कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ (गजरकोटे) ले साथ दिनुभएको छ । स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाउनुभएको छ । रेकडिस्टकाे भूमिका शिखरजंग श्रेष्ठ (गजरकोटे) ले निर्वाह गर्नुभएको छ । खारेमै छायाङ्कन गरिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे) ले गर्नुभएको छ ।
गीत रेकर्डिङ र भिडियो छायाङ्कनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो । गिनिज बुकको मान्यतासँगै यसअघि ‘हाइएस्ट अल्टिच्युड म्युजिक भिडियो अन ल्यान्ड’ शीर्षकमा नेपाली युवाहरू सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको कीर्तिमान भङ्ग भएको छ । उज्यालो
January 29, 2022 2:24 am | मनोरञ्जन,रोचक,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: