

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा कान्तिपुर र नागरिक अस्पतालका कर्मचारीसहित बिचौलिया पक्राउ

काठमाण्डाै – नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाण्डाैकाे तीनकुनेमा रहेको कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी शिक्षण अस्पतालमा कार्यरत कर्मचारीसहित ६ जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज बुधवार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा नागरिक कम्युनिटी शिक्षण अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र रहेका छन् । यस्तै कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् ।
प्रहरीले छिट्टानको साथबाट आठ थान र यादवको साथबाट १७ थान नक्कली पीसीआर रिपोर्ट पनि बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब विना नै बिचौलियाहरू आफैँले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
बिचौलिया र ल्याबका कर्मचारी एवम् व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रति व्यक्ति १० हजार रुपैयाँसम्म असुल गरेको भेटिएको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको स्वाब नै सङ्कलन नगरि तयार पारिएका रिपोर्ट क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी बनाउने गरेको पाइएको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

सगरमाथा आराेहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए

प्रेममा दरार’ आएपछी कुवेतमा एक महिलाको हत्या

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली

अवरोधका बीच काठमाण्डाै महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश

प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीहरूको भेटवार्ता

राप्रपा सांसद दीपक बोहराको निधन

हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी शीघ्र फछ्र्यौट गर्न निर्देशन

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको प्रेस प्रेस बिज्ञप्ती

