‘गाडीमा तेल हाल्न’ हतियारसहित बर्दियाकाे गुलरिया आए भारतीय प्रहरी
बर्दिया – गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरियामा हतियारसहित भारतीय प्रहरी प्रवेश गरेका छन् । नेपाल–भारत सीमामा पर्ने उत्तर प्रदेश बहराइच मुर्तिहा नाकाबाट भारतीय कोतवाली प्रहरीसहितको टोली गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका हुन् ।
भारतीय प्रहरीका दरोगा (उपरीक्षक) भारतीय प्रहरी पोसाकमा पेस्ताेलसहित अनधिकृत रूपमा आज बिहीवार बेलुकी ६ बजेतिर सदरमुकाम गुलरिया प्रवेश गरेका जनाइएको छ । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका टाेलीले बर्दिया गुलरियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयवासीले बताएका छन् ।
भारतीय प्रहरी पोसाकमा ज्याकेट लगाएर उनीहरू गुलरिया नजिक मुर्तिहा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ड्युटीमा रहेका भारतीय प्रहरी गाडीमा तेल हाल्ने प्रयोजनका लागि गुलरिया आएको भन्ने खुलेको बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताउनुभयाे ।
सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाका अनुसार सीमामा बसेका सुरक्षाकर्मीहरूसँग उनीहरूले ड्युटीमा रहेका बेला गाडीमा तेल सकिएपछि तेल हाल्न बर्दियाको सदरमुकाम गुलरिया जान लागेको बताएका थिए ।
सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनीहरूलाई जाँच नगरि प्रवेश गर्न दिएकोमा स्थानीयवासी आक्रोशित भएका छन् ।
सीमा नाकामा तैनाथ सशस्त्र प्रहरी पोस्टका सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको प्रहरीले जनाएकाे छ । बेला–बेला भारतीय प्रहरी हतियारसहित बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गर्ने गरेका घटना बाहिरिएका छन् । उज्यालो
February 4, 2022 2:15 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव