Thursday 21st November 2024

हिमपातले अवरुद्ध भएकाे राजमार्ग दुई दिनपछि सञ्चालनमा

3 years अगाडी

डोटी – बिहीवारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएकाे भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालनमा आएकाे छ ।
बिहीवार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जाेड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएकाे थियाे ।
अहिले हिउँ पन्छाएपछि बन्द भएका राजमार्गहरु सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालयका सह–सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाए पछि राजमार्ग सञ्चालनमा आएकाे छ। राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र गाडी आ–आफ्नो गन्तव्यतर्फ लागेका ट्राफिक प्रहरी पोस्ट बुडरले जनाएको छ ।

भीमदत्त राजमार्गको  साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायतका ठाउँमा बाक्लो हिमपात भएको थियो ।  उज्यालो

          February 5, 2022 10:15 pm | रोचक,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...