

दाङमा पेस्ताेल आकारकाे लाइटर बालेर स्थानीयलाई तर्साउने ७ जना पक्राउ

दाङ – दाङको तुलसीपुर प्रहरीले स्थानीयलाई त्रसित पारेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरमा रहेकाे खाली गोठबाट सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
प्रवक्ता रिजालका अनुसार रक्सी सेवन गरी पेस्ताेल आकारको लाइटरबाट आगो बालेर स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिएको तुलसीपुर इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली २१ वर्षीय अलिज मिया, वडा नं. ६ निवासी २१ वर्षीय केतु ओली, वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् । समूहमा १६ र १७ वर्षीय दुई जना नाबालक पनि रहेकाे प्रहरीले जनएकाे छ ।
त्यस्तै उनीहरुको साथबाट प्रहरीले तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र पेस्ताेल जस्ताे देखिने लाइटर एक थान बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । उज्यालो
February 6, 2022 1:23 pm | अपराध,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

कुवेतमा घरेलु महिला कामदारको अवस्था र चुनौतीहरू:

कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर आउँदो शुक्रबार

वर्षा कम भए पनि काठमाण्डौ जोड्ने सडकमा गाडी चलाउन रोक, भरे या भोलिदेखि खुल्न सक्ने

