सरकारी सम्पत्ति फिर्ता ल्याउन नसके एक ‘सेकेन्ड’ पनि कुर्सीमा बस्दिनँ : मन्त्री आले
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका सरकारी सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताउनुभएको छ ।
आज शुक्रवार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्ताे बताउनुभएकाे हाे । सरकारकाे दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो ।
विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने मन्त्री आलेले दाबी गर्नुभयाे । पदमा बसुन्जेल इमानदारपूर्वक देशका लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी नियुक्ति पाएका कर्मचारीले अन्य व्यक्तिसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिनुभयो ।
मन्त्री आलेले भन्नुभयो – ‘नारायणहिटी दरबार सङ्ग्रहालयको कुरा भयाे, धर्मशालाको कुरा भयो । यदि यी सम्पत्ति फिर्ता ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन । मलाई त्यो नैतिकता पनि छैन । सरकारी सम्पत्ति दोहन भएको छ, त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । हामी सबैकाे हाे । गोठाटारमा सयौँ टहरा बनेर त्यहाँ अतिक्रमण भइराखेको छ । विगतदेखि हामी टुलुटुलु हेरेर बसेका छौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गर्न पाइन्छ ? खोइ त ध्यान गएको त्यहाँ ? त्यसका लागि सचिव महेश्वर न्यौपाने नै चाहिने ? प्रेम आले नै चाहिने मन्त्री ? विगतदेखि प्रणाली बिग्रेको अवस्था मैले देखेको छु । हामी जति दिन बस्छौँ, देशका लागि काम गर्छाैँ ।’
नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उहाँले अहिले मन्त्रालय कर उठाउन लागेको बताउनुभयो । आफूले राम्रो काम गरिरहे पनि केही सञ्चारमाध्यम भने आफ्नो विरुद्धमा लागेको भन्दै उहाँले गलत समाचारमा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिनुभयो ।
मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । पर्यटन मन्त्रालयको पुँजीगत खर्च कम छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । उज्यालो
February 12, 2022 2:34 am | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन