एमसीसीमा मेरो भूमिका ‘रेफ्री’ को मात्रै हो, दलहरूकाे भूमिका निर्णायक : सापकोटा
 काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा आफ्नो भूमिका निर्णायक (रेफ्री) को रूपमा मात्र हुने बताउनुभएको छ ।
आज साेमवार बसेको सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिने क्रममा एमसीसीबारे के निर्णय भयो भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा सभामुख सापकोटाले सबैका कुरा सुनिरहेको र आफ्नो भूमिका ‘रेफ्री’ को रूपमा मात्र हुने बताउनुभयो । उहाँले एमसीसीमा दलहरूकै भूमिका निर्णायक हुने बताउनुभयो ।
राष्ट्रिय महत्त्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न दलहरूलाई आग्रह गर्दै सभामुख सापकोटाले सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको बताउनुभयो ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति गरिएको उहाँले जानकारी दिनुभयो । सभामुख सापकाेटाले संसदमा विचाराधीन विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गराएको पनि बताउनुभयो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		निकाेलस भुसाल गाेरखाबाट पक्राउ
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार