एमसीसीमा मेरो भूमिका ‘रेफ्री’ को मात्रै हो, दलहरूकाे भूमिका निर्णायक : सापकोटा
काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा आफ्नो भूमिका निर्णायक (रेफ्री) को रूपमा मात्र हुने बताउनुभएको छ ।
आज साेमवार बसेको सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिने क्रममा एमसीसीबारे के निर्णय भयो भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा सभामुख सापकोटाले सबैका कुरा सुनिरहेको र आफ्नो भूमिका ‘रेफ्री’ को रूपमा मात्र हुने बताउनुभयो । उहाँले एमसीसीमा दलहरूकै भूमिका निर्णायक हुने बताउनुभयो ।
राष्ट्रिय महत्त्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न दलहरूलाई आग्रह गर्दै सभामुख सापकोटाले सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको बताउनुभयो ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति गरिएको उहाँले जानकारी दिनुभयो । सभामुख सापकाेटाले संसदमा विचाराधीन विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गराएको पनि बताउनुभयो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन