अब काठमाण्डौबाट यूएई जाने यात्रुले विमानस्थलमा र्यापीड पीसीआर गर्न नपर्ने
4 years अगाडी
manoj Thapa
काठमाण्डौ – नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।
यूएईले पछिल्लो समय गरेको निर्णय अनुसार काठमाण्डौबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६ घण्टाभित्र गर्दै आएको र्यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको हो । फागुन १ गतेदेखि नै यो नियम कार्यान्वयनमा आएको भन्दै अब यात्रुले विमानस्थलमा र्यापीड पीसीआर गर्न नपर्ने एक विज्ञप्ति जारी गर्दै नेपाल एयरलाइन्सले जनाएको छ ।
विमानस्थलमा र्यापीड पीसीआर परीक्षण गर्न नपरे पनि यूएई जानका लागि ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट भने अनिवार्य नै छ ।
यूएई सरकारले कोरोना महामारीको दोस्रो लहरको समयमा सङ्क्रमण रोकथामका लागि यो नियम लागू गरेको थियो । उज्यालो
February 16, 2022 12:36 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
Loading...