देशमा कमाएर ऋण तिर्न नसकेपछि श्रीमानलाई विदेश पठाउन पर्याे
आरती साह/धनुषा ।
मेरो विवाह १७ वर्षकै उमेरमा भयो । मैले एक परदेशीसँग बिहेको हुँ । आज पनि मेरो श्रीमान् वैदेशिक रोजगारीमै हुनुहुन्छ । तर बिहे हुँदाको समय र अहिलेको समय अलिक फरक छ ।
त्यो बेला श्रीमान् साउदीमा हुनुहुन्थ्यो । अहिले कतारमा हुनुहुन्छ । म पनि अहिले त आफ्नो हातमा भएको सानोतिनो भए पनि सीपको प्रयोग गरेर व्यवसाय गरिरहेको छु ।
बिहे हुँदा म ९ कक्षामा पढ्दै थिएँ । एसएलसी दिँदा त छोरी जन्मिइन् । त्यसपछि मेरो पढाइ रोकियो । श्रीमान् पनि साउदीबाट फर्किएर यतै काम गर्न थाल्नुभयो । तर सोचेजस्तो नहुने रहेछ । यहाँ काम गर्दा घर चल्यो तर ऋण तिर्न सकिएन । किनकि घरको ऋण आठ लाख हाम्रो भागमा आयो । यहाँ कमाएर त्यो ऋण तिर्न नसक्ने अवस्था आएपछि के गर्ने भन्ने थियो ।
मलाई त श्रीमानले त्यति साह्रो कुरा गर्नुभएन । तर उहाँले भित्र भित्रै घर परिवारसँग सल्लाह गरेर विदेश पक्रिया गरिसक्नुभएछ । मलाई सोधेको भए त म जान दिने थिइनँ । त्यही भएर पनि होला उहाँले मलाई भन्नुभएन । जाने दिन मात्र भन्नुभयो । अब हिँड्न ठिक परेको मानिसलाई त कसरी रोक्ने र ।
कतारमा पिज्जा विभिन्न ठाउँमा पुर्याउने काम हो भनेका छन् । त्यो काममा जान पनि म्यानपावरलाई २ लाख ८० हजार रुपैयाँ बुझाउन पर्यो । अहिले त ऋण १० लाख रुपैयाँ भएको छ ।
यता म पनि केही न केही काम त गर्न पर्छ भन्ने लागेर व्युटिपार्लर र कस्मेटिक सामानको व्यवसाय गरिरहेको छु । मैले आप्रवासी नेटवर्कबाट परदेशीको श्रीमती भएकै कारणले एक महिनाको व्युटिपार्लरको सीप सिक्न पाएँ । त्यही सीप सिक्न पाएकाले आज आफ्नो खर्च चलाउने उपाय पनि निकालेको छु ।
मेरो पार्लरको नाम पनि आप्रवासी व्युटिपार्लर नै राखेको छु । यहाँ गाउँमा यसो थ्रेडिङहरु गर्न चाहिँ आउनुहुन्छ मानिसहरू । कपाल काट्ने यताउता काम चल्छ । ठिकै छ । यसबाट मैले यहाँ मेरो र बालबच्चाको खर्च पु¥याइरहेको छु । अहिले त छोरा पनि जन्मिएको छ । सानो बाबुलाई सासुले हेरिदिनुहुन्छ । त्यही भएर मैले पार्लर खोलेर बस्न पाएको छु ।
अहिले ११ कक्षामा भर्ना पनि भएको छु । मैले चाहेको कुरा चाहिँ घरबाट रोक्नुभएको छैन । त्यही भएर पनि मलाई सहज भएको छ । मन त पढेर टिचर बन्ने थियो । तर पढाइ छुटेपछि मन मार्न परिहाल्यो । महामारीकै समयमा श्रीमान् पनि परदेश जानुभएको छ । सम्झँदा त कति नराम्रो लाग्छ । देशमा अलिक राम्रो रोजगारी पाएको भए त आज साथमै भइन्थ्यो होला जस्तो लाग्छ । तर के गर्ने बाध्यताले थिचेपछि यस्तै हुँदो रहेछ ।
अब यो पार्लर व्यवसाय अलिक राम्रो चल्यो भने यसलाई निरन्तरता दिने र पछि श्रीमानलाई पनि स्वदेश बोलाउने मेरो इच्छा छ । उज्यालो
February 23, 2022 12:26 pm | बेरोजगार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव