एमसीसी सम्झौता कार्यान्वयनको बाटाेमा अघि बढ्यो : एमसीसी मुख्यालय
काठमाण्डाै – अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले आफू र नेपाल सरकारबीच ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता कार्यान्वयनको बाटाेमा गएको जनाएको छ ।
एमसीसी मुख्यालयले हिजाे मङ्गलवार राति निकालेको विज्ञप्तिमा नेपालको सङ्घीय संसदबाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको समेत जनाएको छ । लामो समय विवादमा परेको एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले अनुमोदन गरेको थियो ।
एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैँ कायम राखेको विज्ञप्तिमा उल्लेख छ । साथै सम्झौता अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउने र यसबाट बिजुलीको थप भरपर्दो आपूर्ति, यातायात तथा रोजगारी सिर्जनामा मद्दत गर्ने भनिएको छ ।
यो वर्ष नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष हो । ‘यी ७५ वर्षमा नेपालमा अतुलनीय परिवर्तनहरू देखिएका र एमसीसी तथा अमेरिकी नागरिक यी परिवर्तनमा नेपालको साथमा उभिएका छन् । नेपालको लोकतान्त्रिक मूल्य–मान्यता र दीर्घकालीन आर्थिक समृद्धिलाई आउँदा दिनमा पनि निरन्तरता दिनेछौँ’, विज्ञप्तिमा भनिएकाे छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :