लुम्बिनी क्षेत्र विकास कोषमा ९ जना पदाधिकारी नियुक्त
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त रहेका नौ जना पदाधिकारी नियुक्त गर्नुभएको छ । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।
नवनियुक्त पदाधिकारीहरूलाई आज बुधवार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गर्नुभएको छ ।
कोषमा नियुक्त भएकाहरूमा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल र रामनरेश कोहार रहनुभएको छ । यसैगरी परिषद् सदस्यहरूमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव र गोपीकृष्ण शर्मा रहेका छन् ।
नवनियुक्त पदाधिकारीहरूलाई मन्त्री आलेले र्निधक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन दिनुभएको छ । आउँदै गरेको बुद्ध जयन्ती भव्य र सभ्य रूपमा सफल पार्नका लागि सबै पदाधिकारी, कर्मचारी एकजुट भएर लाग्नसमेत उहाँले निर्देशन दिनुभयाे । उज्यालो
March 10, 2022 2:09 am | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना