

दैलेखमा पुल निर्माणमा काम गर्दै आएका भारतीय नागरिक कर्णाली नदीमा बेपत्ता

दैलेख – दैलेखको राकममा रहेकाे मितेरी पुल निर्माणमा काम गर्ने एक जना भारतीय नागरिक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।
भारतको पश्चिम बङ्गालका १८ वर्षीय रविन्द्र मण्डल आज दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताउनुभयो ।
राकमको तारबजार नजिक कर्णाली नदीमा शनिवार दिउँसो पौडी खेल्ने क्रममा मण्डल बेपत्ता भएका र खोजी कार्य जारी रहेको तर अहिलेसम्म पत्ता नलागेको उहाँकाे भनाइ छ ।
मण्डल दैलेखको कर्णाली प्रदेशको आठबीस नगरपालिका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका जोड्ने मितेरी पुल निर्माणमा ६ महिनादेखि काम गर्दै आएका थिए । मण्डल सामान्य पौडी खेल्न सक्ने भए पनि नदीको मूल प्रवाहमा पौडीको अभ्यास गर्दा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उज्यालो
March 13, 2022 2:11 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

