दैलेखमा पुल निर्माणमा काम गर्दै आएका भारतीय नागरिक कर्णाली नदीमा बेपत्ता
दैलेख – दैलेखको राकममा रहेकाे मितेरी पुल निर्माणमा काम गर्ने एक जना भारतीय नागरिक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।
भारतको पश्चिम बङ्गालका १८ वर्षीय रविन्द्र मण्डल आज दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताउनुभयो ।
राकमको तारबजार नजिक कर्णाली नदीमा शनिवार दिउँसो पौडी खेल्ने क्रममा मण्डल बेपत्ता भएका र खोजी कार्य जारी रहेको तर अहिलेसम्म पत्ता नलागेको उहाँकाे भनाइ छ ।
मण्डल दैलेखको कर्णाली प्रदेशको आठबीस नगरपालिका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका जोड्ने मितेरी पुल निर्माणमा ६ महिनादेखि काम गर्दै आएका थिए । मण्डल सामान्य पौडी खेल्न सक्ने भए पनि नदीको मूल प्रवाहमा पौडीको अभ्यास गर्दा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उज्यालो
March 13, 2022 2:11 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग