छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवार सम्मानित
जुम्ला – जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत\ छोरीलाई पनि छोरा समान सम्पत्ति दिएका र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरेको हो ।
नेपाल सरकारको छोरा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यन्वयन गर्नका लागि छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।
छोरा समान छोरीलाई सम्पत्ति दिएकोमा जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाहीलाई सम्मान गरिएको छ । यसैगरी छाउपडी प्रथा नमानेकोमा स्थानीय खम्बा शाही, राजबहादुर शाही, देबुसुनारलाई सम्मान गरिएको उपाध्यक्ष रोकायाले बताउनुभयो । यस्तै, सरकारी नारालाई कार्यान्वयन गराउनु स्थानीय सरकारको दायित्व भएको भन्दै सबै पालिकाले यो नारालाई व्यवहारमा उतार्न पनि उहाँले आग्रह गर्नुभयो उज्यालो
March 13, 2022 2:14 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री