Wednesday 17th August 2022

छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवार सम्मानित

5 months अगाडी

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाले  छोरीलाई  सम्पत्ति दिने  परिवारलाई सम्मान गरेको  छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत\ छोरीलाई पनि छोरा समान सम्पत्ति दिएका र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरेको हो ।

नेपाल सरकारको छोरा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यन्वयन गर्नका लागि छोरीलाई  सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।

छोरा समान छोरीलाई सम्पत्ति दिएकोमा जिरा रोकाया,  मुगा शाही,  डुगल शाही,  आनन्द शाहीलाई सम्मान गरिएको छ । यसैगरी छाउपडी प्रथा नमानेकोमा स्थानीय खम्बा शाही, राजबहादुर शाही, देबुसुनारलाई सम्मान गरिएको उपाध्यक्ष रोकायाले बताउनुभयो । यस्तै, सरकारी नारालाई कार्यान्वयन गराउनु स्थानीय सरकारको दायित्व भएको भन्दै सबै पालिकाले यो नारालाई व्यवहारमा उतार्न पनि उहाँले आग्रह गर्नुभयो उज्यालो

          March 13, 2022 2:14 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...