वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले वडाध्यक्ष भरतप्रसाद कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उनीहरुले घरबाटोलगायत अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आरोप छ । आरोपीबाट एक लाख दुई हजार ५ सय ८५ रुपैयाँ असुलउपर गराउन माग गरिएको छ ।
तत्कालीन वडा सचिव अनामिका रौनियारबाट एक लाख ३१ हजार ९० बिगो कायम गरी त्यति नै रकम जरिबाना गर्न तथा कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ । उज्यालो
March 17, 2022 1:12 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...