रेड पान्डाकाे छाला र चरेससहित बाँकेबाट ६ जना पक्राउ
बाँके – बाँके प्रहरीले रेड पान्डाकाे छाला र लागुऔषध चरेससहित ६ जनालाई आज आइतवार दिउँसाे पक्राउ गरेको छ ।
नेपालगञ्जको शिक्षण अस्पताल नजिकको एक होटलबाट दुई थान रेड पान्डाकाे छालासहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विवेक बोहोरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पुष्पलाल चाेकमा रहेकाे एक होटलबाट तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटका प्रवीण शाही र नेपालगञ्जका राज कार्की रहेका छन् ।
रेडपान्डा कारोबारीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) अनुसार पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले बताउनुभयो ।
यस्तै चरेस ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण २०३३ को दफा १४ (घ) अनुसार एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने
व्यस्था छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह