भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा समस्या, आज रातिदेखि १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने
काठमाण्डौ – बिजुलीको भाउ महँगो भएपछि भारतबाट बिजुली खरिद गर्न समस्या भएको छ । प्रतिस्पर्धी मूल्यमा नेपालले इन्डियन इनर्जी एक्सचेन्ज आईईएक्स मार्फत बिजुली खरिद गर्दै आएकोमा भाउ बढेपछि हिजो मङ्गलवारदेखि आयात बन्द भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।
नेपालले भारतबाट बोलकबोल गरेर बिजुली खरिद गर्दै आएकोमा हिजो कबोल गरेको मूल्यमा बिजुली पाउन सकेन । भारतमा हरेक १५ मिनेटमा बिजुलीको भाउ फरक–फरक हुने गर्छ । ‘यसअघि हामीले प्रतियुनिट सात भारतीय रुपैयाँमा किन्दै आएको बिजुली हिजो १२ भारुमा पनि पाइएन, हिजो राति १२ बजेदेखि आज राति १२ बजेसम्म भारतबाट आउने बिजुली बन्द भएको छ’, प्रवक्ता भट्टराईले भन्नुभयो ।
भारतबाट बिजुली आयात बन्द हुँदा उद्योगीहरूलाई बिजुली खपत कम गरिदिन आग्रह गरिएको प्राधिकरणले जनाएको छ । आज रातिदेखि भने प्राधिकरणले प्रतियुनिट १२ भारुमा बिजुली किन्दैछ । ‘हामीले आज बोलकबोल गरेर १२ भारुमा अर्थात् १९ रुपैयाँ दुई पैसामा बिजुली किन्दैछौँ, यो बिजुली आज राति १२ बजेदेखि आउन सुरु गर्छ’, प्रवक्ता भट्टराईले भन्नुभयो ।
अस्ति सोमवारसम्म प्राधिकरणले भारतबाट साढे चार सय मेगावाटसम्म आयात गरिरहेको थियो । भारतबाट बिजुली आयात रोकिएपछि नेपालमा माग धान्न मुीिकल परिरहेको छ । बुटबल, वीरगञ्जलगायतका केही औद्योगिक क्षेत्रमा उद्योगले मागेजति बिजुली पाउन सकेका छैनन् । उज्यालो
March 23, 2022 9:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव