भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा समस्या, आज रातिदेखि १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने
काठमाण्डौ – बिजुलीको भाउ महँगो भएपछि भारतबाट बिजुली खरिद गर्न समस्या भएको छ । प्रतिस्पर्धी मूल्यमा नेपालले इन्डियन इनर्जी एक्सचेन्ज आईईएक्स मार्फत बिजुली खरिद गर्दै आएकोमा भाउ बढेपछि हिजो मङ्गलवारदेखि आयात बन्द भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।
नेपालले भारतबाट बोलकबोल गरेर बिजुली खरिद गर्दै आएकोमा हिजो कबोल गरेको मूल्यमा बिजुली पाउन सकेन । भारतमा हरेक १५ मिनेटमा बिजुलीको भाउ फरक–फरक हुने गर्छ । ‘यसअघि हामीले प्रतियुनिट सात भारतीय रुपैयाँमा किन्दै आएको बिजुली हिजो १२ भारुमा पनि पाइएन, हिजो राति १२ बजेदेखि आज राति १२ बजेसम्म भारतबाट आउने बिजुली बन्द भएको छ’, प्रवक्ता भट्टराईले भन्नुभयो ।
भारतबाट बिजुली आयात बन्द हुँदा उद्योगीहरूलाई बिजुली खपत कम गरिदिन आग्रह गरिएको प्राधिकरणले जनाएको छ । आज रातिदेखि भने प्राधिकरणले प्रतियुनिट १२ भारुमा बिजुली किन्दैछ । ‘हामीले आज बोलकबोल गरेर १२ भारुमा अर्थात् १९ रुपैयाँ दुई पैसामा बिजुली किन्दैछौँ, यो बिजुली आज राति १२ बजेदेखि आउन सुरु गर्छ’, प्रवक्ता भट्टराईले भन्नुभयो ।
अस्ति सोमवारसम्म प्राधिकरणले भारतबाट साढे चार सय मेगावाटसम्म आयात गरिरहेको थियो । भारतबाट बिजुली आयात रोकिएपछि नेपालमा माग धान्न मुीिकल परिरहेको छ । बुटबल, वीरगञ्जलगायतका केही औद्योगिक क्षेत्रमा उद्योगले मागेजति बिजुली पाउन सकेका छैनन् । उज्यालो
March 23, 2022 9:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग