

वडाध्यक्षद्वारा ५ वर्षको तलब विद्यालयलाई प्रदान

बझाङ – पृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँच वर्षको तलब एक विद्यालयलाई दिनुभएको छ । आज शुक्रवार एक कार्यक्रमकाबीच विष्टले आफ्नो पाँच वर्षको तलब सत्यवादी उच्च मावि भोजपुरमा विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न दिनुभएको हो ।
उहाँले २०७६ भदौ २१ गते आफ्नो तलब, भत्ता सबै सत्यवादी उच्च माविलाई उपलब्ध गराउने बताउनुभएको थियो । वडाध्यक्ष विष्टले आफ्नो तलब, भत्ता र थप दुई लाख गरी १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम उपलब्ध गराउनुभएको हो । उहाँले त्यो रकम विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गर्नुभएको हो ।
आफूले कक्षा ६ देखि १० सम्म छात्रवृत्ति पाएर नै पढेको बताउँदै विष्टले सबैका छोराछोरी विद्यालय पढ्न नसक्ने भएकाले छात्रवृत्तिले ठूलो महत्त्व रहेको बताउनुभयो ।
सत्यवादी उच्च माविका प्रधानाध्यापक रामदत्त उपाध्यायले अध्यक्ष विष्टलाई धन्यवाद दिनुभयो । विष्ट नेपाली कांग्रेसबाट स्थानीय तहको चुनावमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उज्यालो
March 26, 2022 2:30 am | समाज

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

कुवेतमा घरेलु महिला कामदारको अवस्था र चुनौतीहरू:

कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर आउँदो शुक्रबार

