

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने चेतावनी

रुस र पश्चिमा देशबीच अन्तरिक्ष अन्वेषण परियोजनामा भइरहेको सहकार्य जोखिममा परेको छ । रुस–युक्रेन युद्धका कारण अन्तरग्रह अनुसन्धान र भू–उपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित भएका छन् भने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा विभाजनको सम्भावना देखिएको बीबीसीले जनाएको छ ।
सन् २००० यता आईएसएस सञ्चालनमा रुस र अमेरिकाको मुख्य भूमिका छ । तर अहिले रुस–युक्रेन युद्धलाई लिएर आईएसएसबारे पनि आरोप प्रत्यारोप भइरहेको छ । रुसी अन्तरिक्ष निकाय रसकोसमसका प्रमुख डिमित्री रोगोजीनले रुसमाथिका प्रतिबन्धहरूका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने अभिव्यक्ति दिएपछि समस्या झनै बढेको छ । रुसले स्टेशनको प्रपल्सन प्रणालीको संवेदनशील पक्षलाई नियन्त्रण गर्छ जसले पृथ्वीको वायुमण्डलतर्फ केन्द्रका संरचनाहरूलाई तानिनबाट रोक्छ ।
यस्तै रुसले अमेरिकी कम्पनीहरूलाई रकेट इन्जिनहरू आपूर्ति गर्न बन्द गर्ने पनि जनाएको छ । अमेरिकी र रुसीहरूले शीतयुद्धको समयमा समेत गरी दशकौँदेखि अन्तरिक्ष मामिलामा सहकार्य गर्दै आएका छन् । यस्तै युद्ध सुरु भए यता रुस र युरोपेली अन्तरिक्ष केन्द्रबीचको समझदारीहरू स्थगन या निलम्बन गरिएका छन् । युरोपेली अन्तरिक्ष निकायले अनिश्चितकालीन रूपमा अन्तरिक्षसम्बन्धी आफ्ना कार्यक्रम स्थगित गरेको छ । युरोपेली अन्तरिक्ष निकायले आफ्ना सदस्य राष्ट्रले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ । उज्यालो
March 27, 2022 11:00 pm | टिप्स/जानकारी,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

