युक्रेनसँगकाे युद्धका क्रममा क्षति पुगेको रुसी पानीजहाज समुद्रमा डुब्यो
विस्फोटका कारण क्षतिग्रस्त रुसको एउटा पानीजहाज समुद्रमा डुबेको छ । रुसी नौ सेनाको पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
ब्ल्याक सीमामा क्षतिग्रस्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
‘मस्क्भा’ नामको लडाकु पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको दाबी छ ।
१२ हजार टन तौलको पानीजहाज युद्धका क्रममा डुबेको यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो हो । यो जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर मेकलोएभमा बनेको हो । तर रुसले आक्रमणबारे खुलाएको छैन । आगलागी र विस्फोटले जहाजमा क्षति पुगेको रुसी रक्षा मन्त्रालयको दाबी छ।
पाँच सय १० जना रुसी फौज रहेको पानीजहाज युक्रेनविरुद्ध रुसी नौ सैनिक आक्रमणको प्रमुख मानिएको थियो । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको रुसले जनाएको छ । उज्यालो
April 15, 2022 12:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।