राेल्पामा माओवादी कार्यकर्ताद्वारा खुकुरी प्रहार, कांग्रेसका दुई कार्यकर्ता घाइते
4 years अगाडी
manoj Thapa
राेल्पा – रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट गएराति नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्।
गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् ।
कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । केही समयमा पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने प्रहरीले जनाएकोे छ ।
गएको हप्ता पनि वाईसीएलको आक्रमणबाट रोल्पाको माडी गाउँपालिका–४ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार निमबहादुर डाँगी घाइते हुनु भएको उज्यालो
May 10, 2022 7:40 am | अपराध,राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...