दूतावास कुवेत र एनआरएनद्वारा संयुक्तरुपमा राष्ट्रिय फुटबल टोलीलाई दिवा भाेज तथा परिचयात्मक कार्यक्रम
कुवेत – नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कुवेतद्वारा एएफसी एसियन कप २०२३ को छनोट खेल खेल्न कुवेत आइपुगेका राष्ट्रिय फुटबल टोलिसंगको दिवा भोज तथा परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ।
नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघले आयोजना गरेको दिवा भाेज कार्यक्रम संचालन नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सञ्चालन गरेका थिए भने, स्वागत मन्तब्य गैरआवासीय नेपाली संघका अध्यक्ष रणध्वज लामाले खेलाडी तथा उपस्थित सबैलाई स्वागत गरका थिए।
नेपाली दूतावास कुवेतका माहमहिम दुर्गाप्रसाद भण्डारीले एएफसी एसियन कप २०२३ को अन्तिम चरणको खेलका लागि कुवेत आएको नेपाली राष्ट्रिय टोलिको सम्मानमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई आफ्नो शीप र क्षमाताको पूर्ण सदुपयोग गर्दै अनुशासित, दृढ मनोवल र आत्मविश्वासका साथ उत्कृष्ट खेलका लागि हौसला र प्रेरणा प्रदान गर्ने खेलाडीलाई शुभकामना दिए।
दिवा भोज तथा परिचयात्मक कार्यक्रममा राष्ट्रिय फुटबल टीम तथा अब्दुल्ला अल मुताइरीकाे उपस्थिति थियो भने कुवेतबाट नेपाली दुताबासका कर्मचारीहरु, गैरआवासीय नेपाली संघ तथा मिडियाकर्मीको उपस्थिति थियो। साभार हिमाली संचार
June 11, 2022 1:46 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग