झापाली समाज कुवेतको चाैथो अधिवेशन सम्पन्न, अध्यक्षमा गोविन्द प्रसाद तिम्सिना
झापाली समाज कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा भव्यरूपमा आज १७ जुनका दिन सम्पन्न चौथो अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि गोविन्द प्रसाद तिम्सिनाको नेतृत्वमा २६ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ ।
समाजका निवर्तमान अध्यक्ष लोमस बास्तोलाको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतमा महामाहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा तथा प्रायोजक अलमुल्ला एक्सचेन्जका मौकेटिङ मेनेजरको विशेष आतिथ्यता तथा कुवेतको नेपाली समाजमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरू, पत्रकारहरू, समाजसेवी, वुद्धिजीवि लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा झापाली तथा गैर झापाली दाजुभाइ दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
अधिवेशन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत भण्डारीले प्रवासमा छरिएर रहेका दाजुभाइ दिदीबहिनीलाइ एकताको सुत्रमा बाँध्नु आफैंमा शक्तिमा परिणत हुनु हो भन्दै यसको सदुपयोग गर्दै सबैलाइ सहयोग गर्दै अघि बढ्न तथा कसैलाइ पनि गलत कृयाकलामा लाग्न नदिन र गर्न हुने र नहुने काम कुराहरू बारेमा पनि खास गरे कुवेत आउने नयाँ दाजुभाइ दिदीबहिनिहरूलाइ सचेत गराउन आग्रह गर्दै झापा जिल्ला अरू जिल्लाको तुलनामा स्वास्थ्य, शिक्षा तथा विकासमा अगाडि रहेको बताउँदै अन्तर्राष्ट्रय रूपमा फैलिएको झापालीहरूको नेटवर्कले झापा र झापालीको लागि मात्र नभएर सम्पुणर् नेपालीको भलाइको लागि र सबैलाइ सहयोग गरेर निरन्तर अगाडि बढ्न सल्लाह दिंदै नेपाली समाजमा हुने सबै राम्रा कामहरूलाइ दूतावासको तर्फ सहयोग रहने बताए ।
अधिवेशन कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, जनजाती महासंघका महासचिव मन्जित राइ, पत्रकार महासंघका तर्फबाट आनन्द आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए भने शुभकामना मन्तव्य दिने वक्ताहरूले झापाली समाजले गरेका राम्रा कार्यहरूको सराहना गर्दै झापा जिल्लाको विकास र झापाली दाजुभाइ दिदीबहिनीहरूलाइ आपत विपत पर्दा सहयोग गर्ने कार्यलाइ निरन्तरता दिन आग्रह गर्दै सामाजिक र मानविय सेवाका कार्यमा सदा हातेमालो र सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।
रामचन्द्र न्यौपानेको स्वागत, लिला बहादुर पाण्डेको आर्थिक प्रतिवेदन तथा गोविन्द प्रसाद तिम्सिनाको संचालनमा सम्पन्न अधिवेशन समारोहमा समाजले गरेका कार्यहरूको बारेमा एक श्रव्य दृष्य सामाग्री प्रसारण गरिएको थियो भने संस्थालाइ विशेष योगदान दिएका गोविन्द प्रसाद तिम्सिना, राजु धिमाल, लिला बहादुर पाण्डे तथा प्रेम कार्कीलाइ कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने चौथो अधिवेशन समारोहका सभाध्यक्ष लोमस बास्तोलाले अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिंदै झापाली समाज अहिलेसम्म विवादरहित ढंगले चल्दै आएको बताउँदै आगामि दिनमा पनि सबैसँग हातेमालो र सहकर्य गरेर अघि बढ्ने बताउँदै उद्घाटन सत्रलाइ समापन गरेका थिए भने निर्वाचन समितिको तर्फबाट ध्रुबकुमार संग्रौला तथा छत्र बहादुर कार्कीले सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्य समितिको घोषणा गरेर अधिवेशन सम्पन्न भएको थियो ।
झापाली समाज कुवेतको चाैथो अधिवेशनबाट नव निर्वाचित कार्य समिति यस प्रकार रहेको छः
अध्यक्ष :-गोविन्द प्रसाद तिम्सिना
बरिष्ठ उपाध्यक्ष:- राजु धिमाल
उपाध्यक्ष:-लिला बहादुर पाण्डे
महिला उपाध्यक्ष:- छबिमाया पौडेल
महासचिब:- प्रेम कार्की
सचिब:- राम न्यौपाने
कोषाध्यक्ष:- गोविन्द न्यौपाने
सह-कोषाध्यक्ष:- गोविन्द कार्की
महिला संयोजक :- रमादेवी भण्डारी
महिला उप-संयोजक :-चन्द्रकला बिश्वकर्मा
प्रबक्ता:- इन्द्र पौडेल (कृष्ण)
कार्यकारी सदश्यहरु:-
शान्तिराम ढुंगेल
शोम कुमार मेचे
नारायण भट्टराई
धर्मानन्द अधिकारी
युबराज भण्डारी
कल्पना कार्की
रोजिना ढुंगाना
गंगा सुबेदी भट्टराई
अम्बिका थापा
मोनिका मुखिया
सितादेवी भण्डारी
रत्नमाया नेम्वाङ
नारायण दाहाल
नबिन धिमाल
बिजय धिमाल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत