चाेरीकाे पैसासहित पाेखरामा एक जना पक्राउ
कास्की – कास्की प्रहरीले चोरीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २१ घर भइ पोखरा १० बस्ने २१ वर्षीय अजित विश्वकर्मा पक्राउ परेका हुन् ।
पोखरा १० रामबजारको सादा पोसाककाे प्रहरी टोलीले तीन लाख ६२ हजार तीन सय ८० रुपैयाँसहित विश्वकर्मालाई प्रक्राउ गरको हो । चोरी घटना बढ्दै गएपछि कास्की प्रहरीले ‘एम्बुसिङ’ अभियान चलाएको थियो । आज आइतवार बिहान शङ्कास्पद अवस्थामा झोला बोकी हिँडेको अवस्थामा विकलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवत्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे ।
विकले पोखरा १४ विपी मार्गमा रहेकाे सन्तबहादुर लामिछानेले सञ्चालन गरेको चुलो सेवा प्रालिको झ्याल फोडी पैसा चोरेकाे अनुसन्धानबाट खुलेको खड्काले बताउनुभयाे । विश्वकर्माले पहिला त्यही कम्पनीमा लेखापालका रूपमा काम गरेका खुल्न आएको छ ।
सञ्चालक लामिछानेको काउन्टरबाट सात लाख २५ हजार तीन सय ५० रुपैयाँ र नाै हजार भारु हराएको प्रहरीमा जाहेरी दिनुभएकाे थियाे ।
विश्वकर्मा अरू पनि चाेरीमा संलग्न भए/नभएको बारेमा अनुसन्धान भइरहेको र उनलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी जाँच भइरहेकाे छ । उज्यालो
June 20, 2022 2:35 am | अपराध,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर