हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान आउदो जुलाई १५ तारिख देखि उडान शुरु गर्ने
हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ । हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई समेत भेट गरि उडानको बारेमा जानकारी गराउदै आपसी छलफल समेत गरेको छ । कुवेत स्थित TVS ग्रुपले हिमालयन एयर्लाइन्ससँग सहकार्य गरेको छ ।
बैदेशिक रोजगारीको लागि नेपालीहरुको आकर्षण बन्दै गएको कुवेतमा नेपाली ध्वाजाबाहक विमान हिमालयनले उडान भर्ने भएपछी कुवेतबासी नेपालीहरुको लागि अझ सहज बन्ने भएको छ ।
हुनत पछिल्लो पटक कुवेतबाट जजिरा एयरलाइनसले सिधा उडान गरिरहेको छ । जजिराले काठमान्डौ स्थित त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा नियमित र भर्खरै मात्रै संचालनमा आएको भैरहवा स्थित गौतम बुद्द अन्तरास्ट्रिय विमानस्थलमा समेत साता ३ दिन उडान भर्दै आएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग