मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीको बारेमा कुरै उठेन
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिनुभएको छ । सत्ता गठबन्धन दलकै नेताहरूले उहाँको राजीनामा माग गरेका छन् ।
उहाँलाई प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गर्ने र राजीनामा नदिएमा बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । तर आजको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीको बारेमा एक शब्द पनि कुरा नउठेको युवा तथा खेलकुमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिनुभयो ।
‘उहाँको बारेमा बैठकमा एक शब्द पनि कुरा उठेन, बरु अर्थ मन्त्रालयसँग सम्बन्धित केही प्रस्ताव पारित भएका छन्, अर्थमन्त्रीले आयात घटाउने र निर्यात बढाउने विषयमा केही योजना राख्नुभयो’, मन्त्री गहतराजले भन्नुभयो । उज्यालो
July 5, 2022 7:10 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...