नेपालमा ४० प्रतिशत उद्याेगले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्छन्
काठमाण्डाै – नेपालमा उद्योगको सङ्ख्या ६० हजार एक सय ८५ वटा पुगेको छ । औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरूमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणले चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरूमा चार लाख ९१ हजार दुई सय २७ जना मानिसले रोजगारी पाएको देखाएको छ । तथ्याङ्क विभागले आज शुक्रवार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक गरेको हो ।
विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरूमध्ये ३९ दशमलव ९ प्रतिशत उद्योग प्रतिष्ठानहरूले मात्रै पूर्ण क्षमतामा उत्पादन गरेकाे देखाएको छ । १८ दशमलव ७ प्रतिशत उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको ७५ दशमलव ९९ प्रतिशत, २९ दशमलव १ प्रतिशत उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको ५० दशमलव ७४ प्रतिशत, १० दशमलव ३ प्रतिशत उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको २५ दशमलव ४९ प्रतिशत र बाँकीले उत्पादन क्षमताको २५ प्रतिशतभन्दा कम उत्पादन क्षमता उपयोग गरेको विभागका निर्देशक विनोदशरण आचार्यले बताउनुभयो ।
उहाँले साना उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूमा १० जनाभन्दा कम व्यक्तिहरू संलग्न भएकामध्ये झन्डै ३४ प्रतिशतले मात्र ऋण लिएको पाइएको बताउनुभयो । सर्वेक्षणअनुसार ठूला औद्योगिक प्रतिष्ठानहरू २३ प्रतिशतले बढेको देखाएको छ ।
विभागले २०७६ फागुनमा तथ्याङ्क सङ्कलन सुरु गरेको थियो । तर बीचमा कोभिड–१९ महामारीका कारण तथ्याङ्क सङ्कलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्याङ्क सार्वजनिक गरिएको जनाएको
छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना