

हाम्राे छलफल कांग्रेससँगकाे गठबन्धनविरुद्ध हाेइन : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ ।
भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै त्याे एकता सत्तारूढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकमा सबै पार्टीहरूले गरेका निर्णयकाे बारेमा चर्चा भयाे । कांग्रेसकाे केन्द्रीय समिति बैठकले गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने निर्णय गरेकाे छ । एमालेकाे निर्णय पनि आइराखेकाे छ । त्यसबारेमा पनि चर्चा गर्याैँ । यो गठबन्धनलाई चाहिँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन ।’
अध्यक्ष प्रचण्डले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताउनुभयो । उहाँले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गर्नुभयो ।
आज मङ्गलवार सिंहदरबारमा रहेकाे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो उज्यालो
July 19, 2022 10:21 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

