बाँकेमा अहिलेसम्मकै धेरै पानी पर्याे, देशका धेरै ठाउँमा सामान्य वर्षा
काठमाण्डाै – पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशको बाँकेमा सबैभन्दा धेरै पानी परेको मौसमविद्ले बताएका छन् । बाँकेको खजुरामा आज सबैभन्दा धेरै एक सय ६० मिलिमिटर पानी परेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । यो भनेको अति धेरै वर्षा हो । बाँकेमा यो अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो ।
मौसमविद्को भाषामा कुनै स्टेशनले तोकेको ठाउँमा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई मध्यम, सयदेखि एक सय ५० सम्मलाई भारी र एक सय ५० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति धेरै भारी वर्षा भन्ने गरिन्छ ।
बाँकेको खजुरापछि बर्दियाको गुलरियामा एक सय पाँच मिलिमिटर पानी परेको छ । अहिले पनि बाँके र बर्दियामा निरन्तर वर्षा भइरहेको छ । वर्षाले बाँकेको कोहलपुर र नेपालगञ्जका केही क्षेत्र जलमग्न भएका छन् । सडक अग्लो भएको क्षेत्रमा दर्जनौँ घर र पसलमा पानी पसेको छ भने नालाको निकास बन्द भएको ठाउँमा पानी जमेर डुबान भएको छ ।
साउनको पहिलो हप्तासम्म पनि वर्षा नभएपछि रोपाइँ गर्न नपाएका किसानहरू बुधवार बिहानदेखि परेको ठूलो वर्षाबाट खुसी भएका छन् । देशका अरू ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ ।
आज राति भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा हिजोदेखि पानी परिरहेको छ । उज्यालो
July 20, 2022 11:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना