बाँकेमा अहिलेसम्मकै धेरै पानी पर्याे, देशका धेरै ठाउँमा सामान्य वर्षा
काठमाण्डाै – पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशको बाँकेमा सबैभन्दा धेरै पानी परेको मौसमविद्ले बताएका छन् । बाँकेको खजुरामा आज सबैभन्दा धेरै एक सय ६० मिलिमिटर पानी परेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । यो भनेको अति धेरै वर्षा हो । बाँकेमा यो अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो ।
मौसमविद्को भाषामा कुनै स्टेशनले तोकेको ठाउँमा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई मध्यम, सयदेखि एक सय ५० सम्मलाई भारी र एक सय ५० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति धेरै भारी वर्षा भन्ने गरिन्छ ।
बाँकेको खजुरापछि बर्दियाको गुलरियामा एक सय पाँच मिलिमिटर पानी परेको छ । अहिले पनि बाँके र बर्दियामा निरन्तर वर्षा भइरहेको छ । वर्षाले बाँकेको कोहलपुर र नेपालगञ्जका केही क्षेत्र जलमग्न भएका छन् । सडक अग्लो भएको क्षेत्रमा दर्जनौँ घर र पसलमा पानी पसेको छ भने नालाको निकास बन्द भएको ठाउँमा पानी जमेर डुबान भएको छ ।
साउनको पहिलो हप्तासम्म पनि वर्षा नभएपछि रोपाइँ गर्न नपाएका किसानहरू बुधवार बिहानदेखि परेको ठूलो वर्षाबाट खुसी भएका छन् । देशका अरू ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ ।
आज राति भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा हिजोदेखि पानी परिरहेको छ । उज्यालो
July 20, 2022 11:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो