चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँ : भुवन केसी
काठमाण्डाै – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ ।
बुधवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहनुभएका केसीले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताउनु भयो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताउनु भयाे ।
उहाँले आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताउनु भयो ।
‘मलाई ठूलो जिम्मेवारी आएको छ । ४० वर्षदेखि म फिल्म इण्डस्ट्रीमा छु । यसका धेरै समस्याहरु बुझेको छु । त्यो समस्या समाधानका लागि म यहाँ आएको छु । केही दिनभित्रै समस्या बुझ्नका लागि एउटा सम्मेलन गरेर त्यसबाट निस्किएको निस्कर्षका आधारमा समस्या समाधान गर्दै अघि बढ्नेछु’, उहाँले भन्नुभयो, ‘आजसम्म कसैले प्राविधिकहरुको समस्या सोधेको छैन । म त्यसलाई समाधान गर्न चाहन्छु । नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ । म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु । म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ । कुनै क्षेत्रमा गएपनि म चलचित्रको भलोको लागि हो । मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्र कर्मीहरुको उत्थान र विकासका लागि हो । म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनैपनि ठाउँमा जान तयार छु । उज्यालो
July 28, 2022 12:28 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन