चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँ : भुवन केसी
काठमाण्डाै – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ ।
बुधवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहनुभएका केसीले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताउनु भयो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताउनु भयाे ।
उहाँले आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताउनु भयो ।
‘मलाई ठूलो जिम्मेवारी आएको छ । ४० वर्षदेखि म फिल्म इण्डस्ट्रीमा छु । यसका धेरै समस्याहरु बुझेको छु । त्यो समस्या समाधानका लागि म यहाँ आएको छु । केही दिनभित्रै समस्या बुझ्नका लागि एउटा सम्मेलन गरेर त्यसबाट निस्किएको निस्कर्षका आधारमा समस्या समाधान गर्दै अघि बढ्नेछु’, उहाँले भन्नुभयो, ‘आजसम्म कसैले प्राविधिकहरुको समस्या सोधेको छैन । म त्यसलाई समाधान गर्न चाहन्छु । नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ । म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु । म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ । कुनै क्षेत्रमा गएपनि म चलचित्रको भलोको लागि हो । मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्र कर्मीहरुको उत्थान र विकासका लागि हो । म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनैपनि ठाउँमा जान तयार छु । उज्यालो
July 28, 2022 12:28 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री