

पारिवारिक विवादका कारण श्रीमती र छोराछोरीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरे !

काठमाण्डाै – काठमाण्डौको तारकेश्वर नगरपालिका २ काभ्रेस्थली पदमसाल टोलमा एकै परिवारका चार जनाको शव फेला परेको छ । गोरखा स्थायी घर भइ काठमाण्डौमा एक तलाको घर बनाएर बस्दै आएका दिनेश पाण्डे र उनकी श्रीमती सुनितासहित १३ र आठ वर्षका दुई जना छोराछोरीको शव भेटिएकाे काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
आज साेमवार बिहान ८ बजे १३ वर्षकी छोरी स्कुल जानुपर्नेमा नगएपछि सोधखोज गर्दा घरभित्र चुकुल लगाएको र आवाज पनि नआएकाले स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार दिनेश पाण्डेको शव झुन्डिएकाे अवस्थामा र अरूको शव शरीरमा घाउ, चोटपटक लागेको अवस्थामा भेटिएको हाे । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घरमूली दिनेश पाण्डेकी श्रीमती सुनिता, छोरा र छोरी गरी तीन जनाको शव एउटा कोठामा भेटिएको छ भने दिनेशको शव फरक कोठामा झुन्डिएकाे अवस्थामा छ ।
घटनामा प्रयोग भएको एउटा चक्कु भेटिएको छ । दिनेशले अरूको हत्या गरेपछि आफूलाई पनि चक्कु प्रहार गरेको तर त्यसरी आत्महत्या नभएपछि झुन्डिएको देखिएको प्रहरीले जनाएको छ । यस्तै चार पेज लामो ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ ।
चार वर्षअघि कुवेतबाट फर्किएका दिनेशको श्रीमतीसँग राम्रो सम्बन्ध थिएन । दिनेशले घर बेच्नका लागि बैना रकम पनि लिइसकेको तर श्रमती सुनिताले घर नबेच्ने भन्दै बैना रकम फिर्ता गर्नुभएको थियो । कामको लागि सुनिता बेलायत जाने तयारीमा हुनुहुन्थ्यो । तर बेलायत उड्नुअघि नै चार जनाको परिवार मासिएको छ ।
घटनापछि काभ्रेस्थलीको पदमसाल टोल शोकमा डुबेको छ । १३ वर्षकी बालिका र आठ वर्षका बालकको मृत्युपछि उनीहरू पढ्ने स्कुल पनि शोकमा छ । यस्तै दिनेशको पुर्ख्याैली घर गोरखाको भीमसेन थापा गाउँपालिका ६ अश्राङमा पनि सन्नाटा छाएको छ । घटनाको अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । उज्यालो
August 2, 2022 12:11 am | अपराध
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

